पत्रकार सूर्यकुमार स्मृति अक्षय कोष स्थापना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

पत्रकार सूर्यकुमार स्मृति अक्षय कोष स्थापना



Suryakumar_Kshetriकाठमाडौं । नेपाल प्रेस युनियनका सचिव स्व. सूर्यकुमार क्षेत्रीको स्मृतिमा अक्षय कोष स्थापना भएको छ। नेपाल प्रेस युनियन काठमाडौं शाखाले स्वर्गी क्षेत्रीका छोराको शिक्षादिक्षामा सहयोग गर्न कोष खडा गरेको हो।

कोषमा कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल र उनकी श्रीमती नेविसंघ नेतृ एन्जिला न्यौपानेले संयुक्त रुपमा एक लाख रुपैयाँ सहयोग गरेका छ।

शनिबार प्रेस युनियन काठमाडाै शाखाद्धारा आयोजित कार्यक्रममा पौडेल दम्पतीले स्वर्गीय क्षेत्रीकी पत्नी र छोराको उपस्थितिमा  शाखाका अध्यक्ष नकुल अर्यालमार्फत १ लाख रुपैयाँ अक्षय कोषका लागि हस्तान्तरण गरेका हुन्।

पौडेल दम्पतीले गत बैशाखमा आफ्नो विवाहको खर्च कटाएर अक्षय कोष स्थापना गर्न सहयोग गर्ने जनाएका थिए। ब्रेन ट्युमरबाट पीडित पत्रकार क्षेत्रीको गत वैशाखमा निधन भएको थियो।

प्रकाशित : 28 August, 2016 3:35 am