छिमेक लघुवित्तको २७ लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

छिमेक लघुवित्तको २७ लाभांश घोषणा



काठमाडौं । छिमेक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित तीन प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम एक अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
 

प्रकाशित : २ मंसिर २०७८, बिहीबार १२:३७