उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१२ मंसिर २०८३, शनिबारSaturday, November 28, 2026

बैंक / वित्त

उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात

डडेल्धुरा । डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात भएको छ। ग्लोबल आईएमई बैंक र उग्रतारा क्षेत्र विकास समितिको सहकार्यमा उक्त सेवाको सुरुवात गरिएको हो।

अब जुनुसुकै बैंकको मोबाइल बैंकिङ एप, ई-सेवा, आईएमई-पे, फोन-पे लगायतका डिजिटल माध्यमको प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट जो सुकैले पनि सजिलै उग्रतारा मन्दिरलाई दानदक्षिणा चढाउन सक्ने ग्लोबल आईएमई बैंक डडेल्धुरा शाखा प्रबन्धक प्रकाश भट्टले जानकारी दिए। 

उनले बढ्दो प्रविधिको प्रयोग र नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने राष्ट्र बैंकको नीतिलाई सफल पार्न यो प्रयास गरेको बताए।

प्रकाशित : २ मंसिर २०७८, बिहिबार ११:५१ 18 November, 2021 11:51 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।