दिव्यश्वरी हाइड्रोपावरको साधारण सेयर बाँडफाँट , कस्ले कति पाए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

दिव्यश्वरी हाइड्रोपावरको साधारण सेयर बाँडफाँट , कस्ले कति पाए ?



काठमाडौं ।  दिव्यश्वरी हाइड्रोपावर कम्पनीको साधारण सेयर बाँडफाँट भएको छ । थोरै पाउनेको भागमा दस  र बढी पाउनेको भागमा एघार कित्ता परेको छ ।
पचासदेखि ८७० कित्तासम्म आवदेन गर्नेलाई गोलप्रथाको आधारमा दस कित्ता दिइएको छ भने  ८७० देखि ९ सय ८० लाई कित्ता आवेदन गर्ने सबैलाई दस कित्ता वितरण गरिएको छ ।  त्यो भन्दा बढी संख्यामा आवेदन गर्ने सबैलाई एघार कित्ता मात्र दिने निर्णय भएको छ ।
दिव्यश्वरी हाइड्रोपावर कम्पनीको साधारण सेयर असार १३ देखि १६ सम्म बिक्री खुला गरिएको थियो । कम्पनीले एक सय रूपैयाँ अंकित मूल्यमा तीन लाख ९६ हजार कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो । यसमध्ये कर्मचारीलाई सात हजार नौ सय २० कित्ता छुट्याइएको छ भने सामूहिक लगानी कोष कम्पनीहरूलाई १९ हजार आठ सय कित्ता दिइएको छ ।
संखुवासभा जिल्लामा पर्ने यस हाइड्रोपावरले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० प्रतिशत सेयर वितरण गरिसकेको छ । सर्वसाधारणलाई जम्मा १५ प्रतिशत सेयर बिक्री गर्न लागिएको हो ।
कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौतासमेत गरिसकेको छ । जसअनुसार वर्षायाममा ४.८० पैसा र हिउँदमा ८.४० पैसा प्रतियुनिट कायम भएको छ । यो दरमा पाँच वर्षसम्म प्रत्येक वर्ष तीन प्रतिशतले महसुल दर वृद्धि हुनेछ ।
कम्पनीको अधिकृत पुँजी ५६ करोड, जारी पुँजी २६ करोड र चुक्ता पुँजी आइपीओ निष्कासनपछि २६ करोड ४० लाख पुग्नेछ । दिव्यश्वरीको आइपीओमा बिक्री प्रबन्धकको काम एस क्यापिटल लिमिटेडले गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७३–७४ मै नेटवर्थमा ६.२६ प्रतिशत औसत  प्रतिफल प्राप्त हुन सक्ने प्रक्षेपण गरेको छ । हाल कम्पनीको नेटवर्थ नकारात्मक छ ।

प्रकाशित : ८ भाद्र २०७३, बुधबार १०:१३