शिखर इन्स्योरेन्सको नाफा ९.२८ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

शिखर इन्स्योरेन्सको नाफा ९.२८ प्रतिशतले वृद्धि



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९.२८ प्रतिशतले नाफामा वृद्धि गरेको छ । कम्पनीले तीन महिनामा १३ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा इन्स्योरेन्सले १२ करोड २३ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

कम्पनीको खुद बीमाशुल्क २.५३ प्रतिशत अर्थात ४४ करोड ५० लाख रुपैयाँले बढेको छ। गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ४३ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट ५ करोड २४ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत १५ करोड ९५ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी १ अर्ब ७५ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६३ करोड ८८ लाख रुपैयाँ, शेयर प्रिमियम ९ करोड ५७ लाख रूपैयाँ, बीमा कोषमा १ अर्ब ३६ करोड २० लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले ३ हजार ६१४ दाबीबापत ४७ करोड २७ लाख रुपैयाँ भुक्तानी गरिसकेको दृेखाएको छ । त्यस्तै, १२ हजार ३८७ दाबी बापत २ अर्ब १४ करोड ९७ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

प्रकाशित : ३० कार्तिक २०७८, मंगलवार १०:५०