कांग्रेसबाट ११ मन्त्री थपिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कांग्रेसबाट ११ मन्त्री थपिँदै



nepali-congress-flag.jpg.pagespeed.ic.7ic_Cnl9pxकाठमाडौं, ८ भदौ  । नेपाली कांग्रेसले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम आज प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्री बन्नेको नाम टुंगो लागिसकेको भन्दै बुधबार मन्त्रीमण्डल विस्तार हुने बताए । ‘सबै टुंगो लागिसकेको छ । बुधबार मन्त्रिपरिषद् विस्तार हुन्छ,’ कांग्रेस महामन्त्री शशांक कोइरालाले भने, ‘मन्त्री छनोटमा पार्टीमा कुनै विवाद छैन ।’

देउवाले मंगलबार नै नाम पठाउने तयारी गरेका थिए, तर उनी मंगलबार दिनभर व्यस्त रहे । आजको राजधानी दैनिकबाट ।

प्रकाशित : ८ भाद्र २०७३, बुधबार ०३:१०