वोमी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वोमी लघुवित्तको २० प्रतिशत लाभांश घोषणा



काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको २५ कात्तिकमा बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्रै सेयरधनीले पाउँनेछन् । हाल लघुवित्तको चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार चार सय रुपैयाँ रहेको छ । २० प्रतिशतका दरले आठ करोड २३ लाख ८८ हजार आठ सय ८० रुपैयाँ बराबरको बोनस सेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी ४९ करोड ४३ लाख ३३ हजार दई सय ८० रुपैयाँ पुग्नेछ।

साथै, वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा मर्जर भइ एकीकृत कारोबार सुरु गरेकाले आयकर ऐन बमोजिम बोनस सेयरमा लाग्ने कर छुटको सुविधाको उपयोग गरिने लघुवित्तले जनाएको छ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार १४:४९