साना किसान विकास लघुवित्तको नाफा साढे १६ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साना किसान विकास लघुवित्तको नाफा साढे १६ करोड



काठमाडाैं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १६ करोड ५४ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको यसै अवधिमा लघुवित्तले १४ करोड ३० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८.१२ प्रतिशतले खुद नाफा बढाएको हो ।

चुक्ता पूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको लघुवित्तको नाफा बढपनि वार्षिक प्रतिशेयर आम्दानी भने ३.१३ रुपैयाँले घटेर ५२.८७ रुपैयाँमा झरेको छ । लघुवित्तको जगेडा कोषमा २ अर्ब ४९ करोड ५७ लाख ४० हजार रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट २१ अर्ब ४० करोड ८६ लाख रुपैयाँ सापटी परिचालन गरी २५ अर्ब ७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट लघुवित्तले २९ करोड ९२ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २० करोड ७३ लाख ५३ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी २५.१२ प्रतिशत, जगेडा कोष १८.३५ प्रतिशत, सापटी १५.९५ प्रतिशत, कर्जा २९.२६ प्रतिशत, खुद ब्याज आम्दानी ११.९० प्रतिशत, सञ्चालन मुनाफा १४.५६ प्रतिशतले बढेको छ ।

लघुवित्तको खराब कर्जा अनुपात घटेर ०.६६ प्रतिशतमा झर्दा प्रतिशेयर नेटवर्थ २९९.४२ रुपैयाँ, कोषको लागत ३.२७ प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.५५ गुणा छ ।

प्रकाशित : २६ कार्तिक २०७८, शुक्रबार १४:३३