दुबईबाट मलद्वारमा सुन राखेर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दुबईबाट मलद्वारमा सुन राखेर आएका भारतीय नागरिक त्रिभुवन विमानस्थलमा पक्राउ



काठमाडौं । मलद्वारमा लुकाएर सुन तस्करी गर्न खोज्ने एक जना भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

बुधबार विहान साढे ९ बजेको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक ३५ वर्षीय मोहमद जुहेदलाई प्रहरीले आधा किलो सुनसहित नियन्त्रणमा लिएको हो ।

प्रहरी र भन्सारको संयोजनमा उनको मलद्वारबाट तस्करी गर्न लागिएको सुन बाहिर निकालिएको छ ।

‘मलद्वारमा लुकाएर ल्याएको रहेछ । भन्सार क्लियर गरेर बाहिर जाने बेला एराइभलको बाटोमा उनको चालढाल देखेर प्रहरीलाई शंका लाग्यो । शंका लागेर चेकजाँच गर्दा फेला परेको हो,’ विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी राजेश बाँस्तोलाले न्युज कारखानासँग भने ।

बाँस्तोलाले थपे, ‘सुन अन्दाजी आधा किलो हो । प्लास्टिकसहित ५४५ ग्राम छ । भन्सारमा बुझाइएको छ । भन्सारले नापजाँच र आवश्यक कारवाही गर्छ ।’  

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार १७:४३