कोभिडका कारण राष्ट्र बैंककी सहायक निर्देशक थापाको निधन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कोभिडका कारण राष्ट्र बैंककी सहायक निर्देशक थापाको निधन



काठमाडौँ । कोभिड-१९ सङ्क्रमणका कारण राष्ट्र बैंककी सहायक निर्देशक कृति थापा राजभण्डारीको निधन भएको छ । दुई साताअघि कोभिड सङ्क्रमण पुष्टि भएपछि टिचिङ अस्पताल उपचाररत ३० वर्षीया कृतिको गत सोमबार निधन भएको हो ।

गत कात्तिक ४ गते उनकी कान्छी आमा खुमा बुढा मगरको ४२ वर्ष उमेरमा निधन भएको थियो । खुमाको निधनको १२ दिनपछि कृतिको पनि निधन भएपछि थापा र राजभण्डारी परिवार शोकमा डुबेको छ । कृतिको काठमाडौँ, भंगालका रवीन्द्र राजभण्डारीसँग ११ महिनाअघि विवाह भएको थियो ।

पारिवारिक स्रोतकाअनुसार कृति आठ महिनाकी गर्भवती थिइन् । तर असोज अन्तिम सातादेखि स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक ८ गते अप्रेसन गरी बच्चा निकालिएको थियो । बच्चाको टिचिङ अस्पतालमै उपचार भइरहेको छ ।

कृति नेपाल राष्ट्र बैंकमा सहायक निर्देशक पदमा कार्यरत थिइन् ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार १४:०८