केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार छ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्दैछ । केन्द्रीय बैंकले ९१ दिन अवधिका लागि १० करोड रुपैयाँ र १८२ दिन अवधिको पाँच अर्ब गरी छ अर्ब १० करोड रुपैयाा बराबरको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो । 

ट्रेजरीको बोलकबोल साेमबार दिउँसो २ बजे अनलाइनमार्फत् खुला हुनेछ । ९१ दिने ट्रेजरी आगामी २५ माघमा परिपक्व हुनेछ भने १८३ दिने ट्रेजरी २७ वैशाख २०७९ मा परिपक्व हुने राष्ट्र बैंकले जनाएकाे छ ।

बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैरबैंक तथा वित्तीय संस्थालगायतलाई राष्ट्र बैंकले मंगलबार ट्रेजरी बिल जारी गर्नेछ । राष्ट्र बैंकले सरकारलाई आवश्यक पर्ने अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत् प्रत्येक हप्ता ऋणपत्र बिक्री गर्ने गर्दछ । 

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार १३:३० 8 November, 2021 1:30 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।