खुकुरी रमले परिवर्तन गर्‍यो प्याकेजिङ, नयाँ आकर्षक लुक्समा छठपछि बजारमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

खुकुरी रमले परिवर्तन गर्‍यो प्याकेजिङ, नयाँ आकर्षक लुक्समा छठपछि बजारमा आउने



काठमाडौँ । नेपालको लागी नेपालीकै ब्रान्ड भन्ने नाराको साथ स्थापित र लोकप्रिय खुकुरी रमले आफ्नो प्याकेजिङ (प्याक) परिवर्तनको गरेको छ ।

स्थापनाको ६२ वर्षपछि समयको माग र ग्राहकको अपेक्षालाई समेत ध्यानमा राखी कम्पनीले आफ्नो प्याकेजिङ परिवर्तन गरी अझ आकर्षक, विश्व स्तरीय एवम् वातावरणमैत्री रूपमा बजारमा उत्रिने जनाएको । चाँडै विश्व स्तरीय नयाँ प्याकसहित बजारमा आउने तयारी समेत तीव्र गतिमा अगाडि बढेको छ ।

रमको प्याकेजिङ तथा बटलको लुक्स निकै आकर्षक बनाइएको छ । प्याकेजिङ परिवर्तन भए पनि ब्लेण्ड र स्वादमा भने कुनै परिवर्तन गरिनेछैन । नयाँ प्याकेजिङसहितको खुकुरी रम तिहार र छठपछि बजारमा आउँदै छ । बिस वर्षदेखि ग्राहकको रोजाइमा पर्न सफल खुकुरी रमको पुरानो प्याकको अन्तिम ब्याचका उत्पादनहरू एक महिनाअघि नै बन्द भइसकेका छन् ।

खुकुरी रम हाल नेपाल बाहेक १३ देशका बजारमा समेत उपलब्ध हुँदै आएको छ । खुकुरी रमको प्याकेजिङ स्थानीय र अन्तर्राष्ट्रिय बजारमा एकैसाथ परिवर्तन हुन लागेको हो । खुकुरी रमको यसअघिको मौलिक प्याकेजिङलाई ग्राहकको आकाङ्क्षा अनुरूप परिष्कृत गर्दै तयार पारिएको नयाँ प्याकेजिङले स्थानीय र विश्व बजारका ग्राहकहरूको मन जित्ने उत्पादक नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले व्यक्त गरे ।

खुकुरी रम नेपालको अत्यन्त रुचाइएको ब्रान्ड हो । यसको गुणस्तर सर्वश्रेष्ठ रहँदै आएको छ । नेपाल डिस्टीलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी पनि हो । स्थापनाकालदेखि नै खुकुरी रमले ग्राहकहरूको मनमा एकछत्र राज गरिरहेको छ ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार ११:०३