राखेपको कामु सदस्य सचिवमा ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राखेपको कामु सदस्य सचिवमा ढकाल



काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद (राखेप)को कायममुकायम सदस्य सचिवको जिम्मेवारी सहसचिव विष्णुराज ढकाललाई दिईएको छ।मन्त्रिपरिषदले तत्कालिन सदस्यसचिव रमेश सिलवाललाई बर्खास्त गरेपछि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरिय निर्णयबाट आज ढकाललाई कायममुकायम सदस्य सचिवको जिम्मेवारी दिएका हुन् ।

खेलकुद बिकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई अर्को ब्यवस्था नहुदाँसम्मका लागि राखेप हेर्ने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

गत १ कात्तिकमा सरकारले राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमुक्त गरेको थियो। सदस्य सचिवलाई बर्खास्त गरेसँगै राखेप कार्यकारी विहीन बन्दा दैनिक कामकाजमा अप्ठेरो परेको थियो। मन्त्रालयले मंगलबारमात्र सह–सचिव ढकाललाई निमित्तको जिम्मेवारी दिएर राखेप पठाएको हो। ढकालले नयाँ सदस्य सचिव नियुक्त नहुन्जेल राखेपको दैनिक प्रशासन सञ्चालन गर्नेछन्।

खेलकुद मन्त्रालयमा अहिले सचिव छैनन् । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले लण्डन भ्रमण रहेका कारण पनि सदस्यसचिवको नियुक्ति प्रिक्रिया रोकिएको हो।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार २१:५३