भूकम्पपीडितलाई खुलाएको ट्याक्सी दर्तामा नौ गुणाले बृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

भूकम्पपीडितलाई खुलाएको ट्याक्सी दर्तामा नौ गुणाले बृद्धि



taxiकाठमाडाै । सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउने गरी दर्ता खुलाएकामा नौ गुणा बढी निवेदन दर्ता भएको छ ।

बुधबारसम्म एक लाख ३१ हजारले आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वागमतीका कार्यालय प्रमुख तिलक पौडेलले राससलाई जानकारी दिनुभयो ।“लामो समयदेखि ट्याक्सी नम्बर दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले कार्यालयमा सोचेभन्दा बढी आवेदन दर्ता गराएका हुन्”– उहाँले भन्नुभयो ।

चौध वर्षपछि गत वर्ष विभागले एक हजार ८०० ट्याक्सी दर्ता नम्बर गोलाप्रथाद्वारा छनोट गरी आवेदकलाई बाँडेको थियो ।

प्रकाशित : ३ भाद्र २०७३, शुक्रबार ०२:२९