गोर्खाज फाईनान्स लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्षको सपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गोर्खाज फाईनान्स लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्षको सपथ ग्रहण



काठमाडाैं । गोर्खाज फाईनान्स लिमिटेड संचालक समितिका नवनियुक्त अध्यक्ष श्री गौरव बुढाथोकीलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री देव कुमार ढकालले मिति २०६८÷०७÷१५ मा पद तथा गोपनियताको सपथग्रहण गराए। सो अवसरमा कार्यकारी निदेशक ढकालले नवनियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिदै सुदृढ संस्थागत तथा ग्रामिण क्षेत्रमा वित्तिय पहुंच अभिवृद्धि गर्न सुझाव दिए ।

संस्थाको मिति २०६८÷०७÷१५ गते बसेको संचालक समितिको ४३१ औं बैठकले संचालक गौरव बुढाथोकीलाई आगामी ४ बर्ष कार्यकालको लागी अध्यक्ष पदमा चयन गरेको थियो ।

बैंक तथा वित्तिय संस्था ऐन, २०७३ को दफा १२७ को उपदफा २ वमोजिम संचालक समितिका अध्यक्षले नेपाल राष्ट्र बैंकका निर्देशक समक्ष पद तथा गोपनियताको सपथ लिनु पर्ने कानुनी व्यवस्था रहेको छ ।

फाइनान्सले निसुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ्, एविविएस सेवा, चेक बुक, कनेक्ट आई.पि.एस. तथा रेमिटेन्स सेवा दिदै आएको छ । हालसम्म फाइनान्सले मुख्य कार्यलय सहित २६ वटा शाखा कार्यलयहरु र एउटा एक्सटेन्सन काउन्टर गरि जम्मा २७ वटा कार्यलयहरुवाट सातै वटा प्रदेश मार्फत ग्राहकवर्गहरुलाई सेवा–सुविधा दिदै आईरहेको छ ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार २०:०७