लुम्विनी विकास वैंक र जुनकिरी म्युजिक फिल्म्सको समन्वयमा ५० अशक्तलाई राहत सामग्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

लुम्विनी विकास वैंक र जुनकिरी म्युजिक फिल्म्सको समन्वयमा ५० अशक्तलाई राहत सामग्री



काठमाडौं । फरक क्षमता भएकाहरुको सम्मान स्वरुप नुवाकोटमा खाद्यान्नलगायतका सामग्री वितरण गरिएको छ । पुर्वी भेगमा रहेको लिखु गाउंपालिकामा रहेका फरक क्षमता भएका अशक्तहरुलाई तिहारको सन्दर्भमा चामल तथा अन्य खाद्य सामग्रीहरु प्रदान गरिएको हो ।

लिखु गापाको डुंडेवगैचामा सोमवार सो गापाका ५० जना अशक्तहरुलाई एक वोरा चामलका साथै दाल, चिउरा, तेल, चिनी, चियापत्ति वितरण गरिएको हो । लुम्विनी विकास वैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जुनकिरी म्युजिक फिल्म्स प्रालिको समन्वयमा उपलव्ध गराइएको खाद्य सामग्रीहरु अशक्तहरुलाई कार्यक्रमका वीच वितरण गरिएको हो ।

उपलव्ध खाद्य सामग्रीहरु अशक्तहरुलाई लिखु गापाका अध्यक्ष ध्रुव श्रेष्ठ, वागमति प्रदेश सभा सदस्य कल्पना नेपाली, लुम्विनी विकास वैंक ढिकुरे शाखाका प्रवन्धक सुर्यकुमार पण्डित, सहयोगी जुनकिरी म्युजिक प्रालिकी निर्देशक तथा गायिका सरु थापा, लिखु गापाका कार्यकारी अधिकृत भीमवहादुर रोक्कालगायतले हस्तान्तरण गरेका हुन् ।

अशक्तलाई खाद्यान्नलगायतका सामग्री वितरण गर्दै लिखु गापाका अध्यक्ष ध्रुव श्रेष्ठले सहयोगी संस्थाहरुलाई आभार व्यक्त गर्दै गापाले पनि अशक्तहरुको उत्थानका लागि विशेष कार्यक्रम ल्याउने वताए ।

कार्यक्रममा लुम्विनी विकास वैंक ढिकुरे शाखाका प्रवन्धक सुर्यकुमार पण्डितले वैंकले गापामा रहेका अशक्तहरुलाई सहयोग गर्न पाउनु एउटा सुनौलो अवसर भएको र आगामी दिनमा अन्य सहयोग पर्ने गर्ने वताए । कार्यक्रमकी संयोजक जुनकिरी म्युजिक फिल्म्स प्रालिकी निर्देशक तथा गायिका सरु थापाले आफ्नो संयोजनमा सानो सहयोग गर्न पाउंदा निकै खुसी लागेको र अशक्तहरुको सम्मानका लागि अन्य कार्यक्रमहरु पनि जारी राख्ने प्रतिवद्धता जनाइन् ।

जूनकीरी म्यूजिक फिल्म्स प्राली ले हिन्दुहरुको महान् पर्व विजया दशमी र दिपावलीको अवसर पारेर राहत वितरण गरेको छ। नेपाल अपाङ्ग संघ, नुवाकोट जिल्ला शाखाको तत्वावधानमा ५० जना अनाथ र अपांगहरुलाई राहत सामग्री वितरण गरिएको हो। कार्यक्रममा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ र जूनकीरी म्यूजिक फिल्म्स का वरिष्ठ लोकदोहोरी गायिका सरु थापाले सामग्री हस्तान्तरण गरेका थिए।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार १३:११