एनआईबिएल सहभागिता फण्डमा लगानी गर्नेलाई चाँदीको सिक्का जित्ने अवसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईबिएल सहभागिता फण्डमा लगानी गर्नेलाई चाँदीको सिक्का जित्ने अवसर



काठमाडौं । एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्तालाई चाँदीको सिक्का उपहारमा पाउने अफर ल्याएको छ ।

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको यस फण्डले फण्डमा लगानी गरेका योग्य सहभागिहरुबाट गोलाप्रथाद्वारा ५ जनालाई चाँदीको सिक्का उपहार प्रदान गरिनेछ र सोको विजेता घोषणा फेसबुक लाइभ मार्फत गरिने कम्पनीले जानकनरी दिएको छ ।

अनलाईन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले कार्तिक १६ गतेको लागी कारोबारको समय पनि ३ घण्टाले थप गरी बिहान १०ः०० बजे देखि अपरान्ह ५ बजे सम्म इकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाएको छ ।

प्रकाशित : १६ कार्तिक २०७८, मंगलवार १२:१६