प्राइम कमर्सियल बैंकको नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्राइम कमर्सियल बैंकको नाफा कति ?



काठमाडौं ।प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् तीन महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरणअनुसार बैंकको खुद नाफा तीन दशमलव ९० प्रतिशतले घटेर ९७ करोड ७९ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले एक अर्ब एक करोड ७६ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी नौ दशमलव ६० प्रतिशतले घटेर एक अर्ब ४० करोड १८ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसै अवधिमा यसले एक अर्ब ५५ करोड ८ लाख ३६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा भने सामान्य गिरावट आएको छ । त्यसैले, बैंकको खुद नाफा पनि सामान्य प्रभावित भएको हो ।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा पनि चार दशमलव ०१ प्रतिशतले घटेर ३२ करोड ४८ लाख ७० हजार रुपैयाँमा झरेको छ । त्यस्तै, बैंकको सञ्चालन नाफा दुई दशमलव ६७ प्रतिशतले घटेर एक अर्ब ४० करोड ९० लाख ११ हजार रुपैयाँमा सीमित भएको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १६ अर्ब ८ करोड ३० लाख ३६ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा पाँच अर्ब ७६ करोड १२ लाख र सेयरधनी कोषमा तीन अर्ब १० करोड ७१ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा जगेडा कोष १३ दशमलव ७६, शेयरधनी कोष ११ दशमलव ८८, निक्षेप संकलन तीन दशमलव ३०, कर्जा लगानी छ दशमलव २१ प्रतिशतले बढेको छ ।

असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी चार रुपैयाँ ७९ पैसाले घटेर २४ रुपैयाँ ३२ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ११ पैसा थियो । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा छ ।

प्रकाशित : १५ कार्तिक २०७८, सोमबार १२:१६