हाथवे इन्भेष्टमेन्टले आईपीओ ल्याउने, बिक्रि प्रवन्धकमा ग्लोबल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

हाथवे इन्भेष्टमेन्टले आईपीओ ल्याउने, बिक्रि प्रवन्धकमा ग्लोबल



काठमाडाैं । हाथवे इन्भेष्टमेन्ट नेपालले साधारण शेयर (आईपीओ) ल्याउने भएको छ ।

कम्पनीले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य ५० रुपैयाँले हुने १४ करोड ६२ लाख ५० हजार बराबरको २९ लाख २५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापीटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा हाथवे इन्भेष्टमेन्ट नेपाल को तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

हाथवे इन्भेष्टमेन्टमा भेट्रान लगानीकर्ता अम्बिका पौडेल पनि आवद्ध छन् ।

प्रकाशित : १४ कार्तिक २०७८, आईतवार १८:१८