प्रिमियर इन्स्योरेन्सको मुनाफा २९ प्रतिशतले वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

प्रिमियर इन्स्योरेन्सको मुनाफा २९ प्रतिशतले वृद्धि



premier-insurance-696x440काठमाडौँ, ३२  साउन। प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड  को खुद मुनाफा २९ दशमलव ३७ प्रतिशतले वृद्धि भई १८ करोड ५७ लाख रुपैया कमाएको छ.। अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १४ करोड ३१ लाख रुपैयाँ कमाएको थियो ।

३७ करोड ३७ लाख रुपैयाँ चुक्ता पुजी भएको कम्पनीले जगेडा कोषमा ११ करोड ४६ लाख र बीमा कोषमा २६ करोड ३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानीमा ५४ दशमलव ३१ प्रतिशतले बढेर ३० करोड ४२ लाख रुपैयाँ पुगेको छ भने खर्च १ सय १८ दशमलव ५१ प्रतिशतले बढेर ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कुल १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ ।

यस इन्स्योरेन्सको प्रति शेयर आम्दानी ४९ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४४ दशमलव ३७ गुणा, प्रति शेयर नेटवोर्थ २ सय दशमलव ३४ रुपैयाँ रहेको छ ।

प्रकाशित : 16 August, 2016 8:56 am