हिमालय एयरलाइन्सलाई संवेदनशील क्षेत्रमा कार्यालय खोल्ने सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालय एयरलाइन्सलाई संवेदनशील क्षेत्रमा कार्यालय खोल्ने सुविधा



काठमाडौं, २३ साउन  । नागरिक उड्डयन प्राधिकरणले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई विमानस्थलभित्रको संवेदनशील क्षेत्रमा कार्यालय खोल्ने सुविधा दिएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पर्यटनमन्त्री आनन्द पोखरेलको ठाडो निर्देशनमा प्राधिकरणले सरकारी जग्गा निजी क्षेत्रको एयरलाइन्सलाई कुनै प्रक्रिया पूरा नगरी उपलब्ध गराएको हो । हिमालय एयरलाइन्सका लगानीकर्ता ओलीनिकट भएकै कारण कम्पनीले यो विशेष सुविधा पाएको प्राधिकरणका अधिकारीहरू बताउँछन् ।

ओलीले चीन भ्रमणमा जाँदासमेत एओसी नै नलिएको सोही एयरलाइन्स प्रयोग गरेका थिए । हिमालयलाई यसरी संवेदनशील स्थानमा जग्गा उपलब्ध गराइँदा विमानस्थलको सुरक्षा व्यवस्थामा प्रश्न उठ्नुका साथै सार्वजनिक खरिद ऐनसमेतको उल्लंघन भएको छ ।

हिमालयले विमानस्थलको सिनामंगलतर्फ नेपाल आयल निगमले हवाई इन्धन भण्डारण गर्ने ट्यांकीनजिक कार्यालयसमेत स्थापना गरिसकेको छ । एयरलाइन्समा तिब्बत एयरलाइन्स र यती वल्र्ड इन्भेस्टमेन्टको लगानी छ । सिनामंगलमा रहेको विमानस्थल क्षेत्रमा झन्डै १ रोपनी जग्गा थोरै भाडा तिर्ने गरी अनुमति दिइएको पाइएको छ ।

निवर्तमान प्रधानमन्त्री ओली र पर्यटनमन्त्री पोखरेलको दबाबमा प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्राधिकरण सञ्चालक समितिमा ठाडो प्रस्तावका लागि निर्णय गराएर हिमालयलाई कार्यालय खोल्न अनुमति दिइएको पाइएको छ । आजको कारोबार दैनिकबाट ।

प्रकाशित : २३ श्रावण २०७३, आईतवार ०२:१५