काठमाडाै २२ साउन । स्टान्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरूलाई साउन २३ देखि नगद लाभांश वितरण गर्ने भएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको लाभांश लिन बोलाएको हो । सेयर रजिस्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडका अनुसार लगानीकर्तालाई सेयरधनी र डिम्याट खाता नम्बर अनुसार क्रमबद्धरूपमा लाभांश वितरण गर्न लागिएको हो ।
नगद लाभांश लिन सिद्धार्थ क्यापिटल लिमिटेड, अनामनगरमा जानुपर्नेछ । स्टान्डर्ड चार्टर्ड बैंकको गत जेठ २१ मा सम्पन्न साधारण सभाले १९.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो ।





Comment