काठमाडाै २२ साउन । नेपाल इन्भेस्टर्स फोरमले लगानीकतालाई हतोत्साही नहुन आग्रह गरेको छ । विभिन्न हल्लाका कारण बजार घट्दोक्रममा देखिएको भन्दै फोरमले यस्तो बेलामा लगानीकर्तामा धैर्यता आवश्यक हुने बताएको छ ।
आफ्नै गतिमा अघि बढिरहेको बजारलाई बिगार्न विभिन्न तत्व सक्रिय भएको आरोप पनि फोरमले लगाएको छ । लगानीकर्ताले भुक्तानी लिने तथा दिने दुवै कार्य एकाउन्टपेयी चेकको माध्यमबाट हुने र यसमा सरकारले पुँजीगत लाभकरसमेत लिने सेयर बजार सबैभन्दा पारदर्शी रहेको फोरमले निकालेको विज्ञप्तिमा जनाइएको छ ।
Comment