सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ



काठमाडौं । सिभिल समहुका अध्यक्ष अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो ।

तामाङले सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेपकर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो । सिआइबीका अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।

उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएको सिआइबीले जनाएको छ ।

उनी पूर्व सांसद समेत हुन्।

घटनाको थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रकाशित : १९ आश्विन २०७८, मंगलवार ०७:३८