‘नोकिया ११००’ अब नयाँ स्वरुपमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘नोकिया ११००’ अब नयाँ स्वरुपमा



nokiaबिक्रीको मामला विश्वकै लोकप्रिय फोन नोकिया ११०० अब नयाँ रुपमा आउने भएको छ। तर यसलाई नोकियाले नभएर अर्कै कम्पनीले बनाउन लागेको हो। नोकिया ११०० लाई ‘ट्रिब्यूट’ दिन यूहान्स कम्पनीले यसको एन्ड्रोइड संस्करण ल्याउन लागेको बताइएको छ।
स्मार्टफोन निर्माता चिनियाँ कम्पनी यूहान्सले विश्वमै चर्चित नोकिया ११०० को यादमा एक खास फोन लन्च गर्ने तयारीमा छ। अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यसको नाम ए १०१ हुनेछ र यो ब्रान्डको चौथो फोन हो। त्यस्तै यूहान्सले यसलाई गाढा निलो रङमा उपलब्ध गराउनेछ। यसमा एन्ड्रोइडको पछिल्लो संस्करण मार्समेलो र ५ इन्च स्क्रिन हुने पनि बताइएको छ। यसको मूल्य ८ हजार रुपैयाँ पर्ने अनुमान गरिएको छ। एजेन्सीको सहयोगमा

प्रकाशित : २१ श्रावण २०७३, शुक्रबार १६:०२