उद्योगपति बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योगपति बसन्त चौधरीको मुटुको सफल शल्यक्रिया



काठमाडौं । परिवारसँग छुट्टी मनाउन दुबई पुग्नुभएको बखत स्वास्थ्यमा अचानक समस्या आई हृदयघातबाट पीडित हुनुभएका नर्भिक इन्टरनेशनल हस्पिटलका संस्थापक बसन्तकुमार चौधरीको मुटुको सफल शल्यक्रिया भएको छ । गत मंगलबार दुबईस्थित अमेरिकन हस्पिटलमा उनको मुटुको शल्यक्रिया भएको हो ।

शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार भइरहेको छ । अमेरिकन हस्पिटलको टिमले उच्चतम प्रविधिको प्रयोग गरी संस्थापक चौधरीको ओपन हार्ट सर्जरी गरेको हो ।


सर्जरीपछि हाल उनी पोस्ट अपरेटिङ केयरमा हुनुहुन्छ । अब २ दिन सो युनिटमा राखेर उहाँलाई डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । उनी केही दिनअघि परिवारसँग छुट्टी मनाउन दुबई गएका थिए ।

त्यहाँ गएको ३ दिनपछि अर्थात असोज ८ गते स्वास्थ्यमा अचानक समस्या आई अस्पताल भर्ना भउका थिए । सो क्रममा सामान्य खालको हृदयघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार उहाँको मंगलबार शल्यक्रिया गरिएको थियो ।

प्रकाशित : १७ आश्विन २०७८, आईतवार १४:३३