फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट सेवाप्रदायकको तार काट्दै प्राधिकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

प्रविधी

फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट सेवाप्रदायकको तार काट्दै प्राधिकरण

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अप्टिकल फाइबर र पोलको भाडा नबुझाउने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकको लाइन काट्दैछ । 

विद्युतीय संरचना प्रयोग गर्ने तथा अप्टिकल फाइबर भाडामा लिएर सेवा दिइरहेका तर भाडा नतिर्ने तथा सम्झौता नवीकरण नगर्ने सेवाप्रदायकको तार तथा उपकरण हटाउने चेतावनी १५ दिन अघि नै दिएको प्राधिकरणले आज शनिबारबाट कारबाही थाल्ने भएको हो ।

प्राधिकरणले दिएको समयसीमा अर्थात शुक्रबारसम्म सम्झौता नवीकरण नगर्ने, पोल तथा फाइबरको भाडा नतिर्ने इन्टरनेट सेवाप्रदायकको तार काटिन लागिएको हो । लामो समयदेखि विद्युत प्राधिकरण र इन्टरनेट सेवाप्रदायकबीच अप्टिकल तथा पोल भाडाको मूल्यलाई लिएर विवाद चल्दै आएको छ ।

इन्टरनेट सेवाप्रदायकहरूले प्राधिकरणले तोकेको पोल तथा फाइबर भाडाको मूल्य पाँच सय प्रतिशतले वृद्धि गर्नु अस्वभाविक भएको भन्दै परिमार्जन हुनुपर्ने अडान राखेका छन् ।    

प्राधिकरण, ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले भाडा नतिर्ने इन्टरनेट र केबल सेवा प्रदायकको लाइन काटिने बताए । उनका अनुसार मुख्य लाइन काट्दा धेरै उपभोक्तालाई असर पर्ने भएकाले सुरुमा एक्सटेन्सन लाइन काटिनेछ । 

प्रकाशित : १६ आश्विन २०७८, शनिबार ०९:१७ 2 October, 2021 9:17 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।