केयर रेटिङले लाभांश वितरण प्रस्ताव पारित गर्न डाक्यो साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

केयर रेटिङले लाभांश वितरण प्रस्ताव पारित गर्न डाक्यो साधारणसभा



काठमाडौं । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले नगद लाभांश वितरण गर्न ९ कात्तिकमा साधारणसभा (एजीएम) आह्वान गरेको छ । साधारणसभा केयर रेटिङ नेपालको कार्यालय पुतलीसडक काठमाडौंमा दिउँसो साँढे दुई बजे सुरु हुनेछ । 

कम्पनीले २१ दशमलव ५२ प्रतिशत नगद (करसहित) लाभांश वितरण गर्ने जनाएको छ । सभामा आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सानसम्बन्धी हिसाबका बारेमा छलफल, आर्थिक वर्ष ०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । सभामा सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको नियुक्ती प्रस्ताव पनि हुनेछ । 

प्रकाशित : 1 October, 2021 3:08 pm