बैंक अफ काठमाण्डूले ल्यायो दसैँ अफर, अनलाइनबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

बैंक अफ काठमाण्डूले ल्यायो दसैँ अफर, अनलाइनबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाइने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूले ल्यायो दशैं अफर ल्याएको छ । अफरअन्तर्गत बैंक अफ काठमाण्डू लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक ग्राहकहरूले स्मार्ट कोडको स्मार्ट दशैं अफरमा २० प्रतिशतसम्म नगद फिर्ता पाउने भएका हुन्।

नेपालीको महान चाड दशैंलाई लक्षित गरी स्मार्ट काेडले यही १४ असोजबाट सञ्चालनमा ल्याएको स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहक ग्राहकहरूले आफ्नो डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट प्रिपेमेन्ट गर्दा २० प्रतिशतसम्म नगद फिर्ता पाउने बैंकले जनाएको छ।

बैंकको कार्डबाहक ग्राहकहरूले यस अफरबाट आफूलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यममार्फत प्रिपेमेन्ट गर्दा बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरेमा २० प्रतिशत वा अधिकतम एक हजार पाँच सय रुपैयाँसम्म नगद फिर्ता पाउनेछन्।

स्मार्ट दशैं अफरमा बैंकको कार्डबाहकहरूले कार्डको माध्यमबाट अनलाइन भुक्तानी गरी २० प्रतिशतसम्म नगद फिर्तासहित विभिन्न किसिमका अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरू खरिद गर्न सक्नेछन्। बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरू, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित : १५ आश्विन २०७८, शुक्रबार ११:१६ 1 October, 2021 11:16 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।