काठमाडाैं । काठमाडाैको तीनकुनेमा मुख्य कार्यलय रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले हिलटप जुनार ईन्भेष्टमेन्ट प्रा लि नामक कम्पनीलाई सदस्य सम्बृद्धि बचत योजना अन्तर्गतको बचत रकम पेश्की दिएको तथ्य भेटिएको छ ।
बचत र अन्यबाट उठेको कुल ३ करोड २९ लाख ८७ हजार ४७ रुपैयाँ पेश्की दिएको हो । सस्थाले आर्थिक बर्ष २०७७।७८मा कुल २६ लाख १६ हजार ७ सय १० रुपैयाँ २३ पैसा ब्याज खर्च व्यहोरेको भए पनि कम्पनीबाट ५ लाख रुपैयाँ मात्रै असुल गरेको छ ।
यो पनि पढ्नुस
संस्थाले सदस्य सम्बृद्धि बचत अभियानको नामबाट बचत उठाएर सो रकम सहकारीको एेन विपरित लगानी गरेको हो । संस्थाले सो योजनाबाट सदस्य मार्फत २ करोड ४२ लाख ५० हजार बचत संकलन गरेको देखिएको छ । सो बचतबाट संस्थाले २३ करोड ४९ लाख दायित्व सृजना भएको छ । सो रकम सस्थाले आइपिओ र बीमामा लगानी गर्दै आएको छ ।
Comment