मध्य भोटेकोसीले २० असोजबाट ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

मध्य भोटेकोसीले २० असोजबाट ९० लाख कित्ता आईपीओ निष्कासन गर्ने



काठमाडौं । मध्य भोटेकोसी जलविद्युत कम्पनीले सर्वसाधारणका लागि २० असोजबाट साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यस आईपीओमा सर्वसाधारणले २० देखि २५ असोजसम्म आवेदन दिन सक्ने छन् । नेपाल धितोपत्र बोर्डबाट सि-आश्वा अनुमति लिएको बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आईपीओमा लगानी गर्न सकिनेछ ।

केयर रेटिङ नेपालले कम्पनीको आईपिओलाई केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले गत ५ वैशाख नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । कम्पनीको पहिलो चरणको आयोजना प्रभावितहरूका लागि छुट्याइएको आईपीओको बाँडफाँट सोमबार सम्पन्न गरेको छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गर्नेछ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार १५:५६