बुधवार सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

बुधवार सार्वजनिक बिदा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

जनकपुर। जितिया पर्वको अवसरमा प्रदेश २ सरकारले असोज १३ गते बुधवार महिलाहरुका लागि सार्वजनिक विदा दिएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै सार्वजनिक विदाबारे जानकारी दिएका हुन् । उनले भनेका छन्, ‘प्रदेश सरकारले जितिया पर्व मनाउने महिलाहरुका लागि असोज १३ गते विदा समेत दिएको हुँदा सम्पूर्ण ब्रतालु महिलाहरुलाई निष्ठा पूर्वक जितिया पर्व मनाउन अपिल गर्दछु ।’

पुत्रको दीघायूको कामना गर्दै हिन्दु धर्मावलम्बीहरुले मनाउने कठोर ब्रत जितियाको अवसरमा सम्पूर्ण ब्रतालु महिलाहरुमा मुख्यमन्त्री राउतले शुभकामना व्यक्त गरेका छन् । उनले सन्तान प्रति स्नेह झल्काउने यस महापर्वले प्रदेशभरी नै आस्थ र प्रेम कायम गरुन भनि कामना पनि गरेका हुन् ।

जितिया पर्व मनाउन महिलाहरुले यसबर्ष ३६ घण्टा उपबास बस्नुपर्ने बताइएको छ । आज नदी, पोखरी, तलाबलगायतका जलाशयमा महिलाहरुले स्नान गरी घिरौलाको पातमा तेल खँडी चढाएका छन् । चढाएको तेल सन्तानको शीरमा दलेर ब्रतालु महिलाले दिर्घायूको कामना गर्ने चलन छ ।

प्रकाशित : ११ आश्विन २०७८, सोमबार ११:३४ 27 September, 2021 11:34 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।