काठमाडौं, १८ साउन । राष्ट्रिय बीमा कम्पनी नेपालले आगामी २ वर्षसम्ममा व्यवसायको आधारमा बजार हिस्सा १० देखि १२ प्रतिशत पुर्याउँने लक्ष्य लिएको छ । हाल कम्पनीको यस्तो हिस्सा ७ प्रतिशत रहेको छ । मङ्गबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बिरबिक्रम रायमाझीले यस्तो जानकारी दिए।
बैशाख १२ को भूकम्पबाट क्षतीपछि परेको दाबीमध्ये ८० प्रतिशत भुक्तानी गरिसकिएको कम्पनीले उल्लेख गरेको छ । कम्पनीको नोक्सानी अनुपात पनि न्युन रहेको बताइएको छ । कम्पनीले शेयरमा गरेको लगानी असारमसान्तसम्ममा बजार मूल्य अनुसार १७ अर्ब रुपैयाँ पुगेको छ । हाल कम्पनीको विभिन्न १५ वटा संस्थान र कम्पनीहरुमा शेयर लगानी रहेको जानकारी दिइएको छ । कम्पनीले बैंकहरुमा २ अर्ब ५० करोड राखेको मुद्धती निक्षेप राखेको छ ।
राष्ट्रिय बीमा संस्थानबाट छुटिट्एर २०७१ साल श्रावन १७ गते विधिवत रुपमा यस कम्पनीको स्थापना भएको हो । एकै कम्पनीले निर्जीवन र जीवन बीमा व्यवसाय गर्न नमिल्ने व्यवस्था अनुसार यस संस्थाको बिभाजन भएको हो । कम्पनीले हाल देशभर १२ वटा शाखा संचालन गर्दै आएको छ । आगामी दिनमा थप शाखा विस्तार गरिने कम्पनीले जनाएको छ।
यस कम्पनीले प्रधानमन्त्री दैविक उद्दार राहत कोषमा १ करोड रुपिया जम्मा भैसकेको र धरहरा निर्माणको लागि ५० लाख छुट्टाएको छ । आगामी दिनमा यो रकम नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ।
Comment