काठमाडौं१८ साउन । एभरेष्ट फाइनान्स लिमिटेडको गत आवमा खुद मुनाफा रू. २ करोड ६० लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा १५ दशमलब २७ प्रतिशत बढी हो । कम्पनीको कर्जा तथा सापटि १९ दशमलब ६८ प्रतिशतले बढेपछि खुदमुनाफा एच्च दरले बढ्न टेवा पुगेको हो । कम्पनीको खुद ब्याज आम्दानी ११ दशमलब २७ प्रतिशतले बढेर रू. ५ करोड ९२ लाख पुगेको छ ।
१८ श्रावण २०७३, मंगलवार ०३:०५
Comment