काठमाडौं, १६ साउन । शुभेच्छा विकास बैंकको निमित्त कार्यकारी निर्देशकमा सञ्जुप्रसाद जैसावाल नियुक्त भएका छन् । साउन १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जैसावाललाई बैंकको निमित्त कार्यकारी निर्द्देशकमा नियुक्त गरेको हो ।
बैठकका अनुसार जैसावालले साउन १६ गतेबाट कम्पनीको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हाल्नेछन् । यस अघि उनले विकास बैंकको व्यवस्थापन प्रमुखको रुपमा काम गरेका थिए ।
यसअघि बैंकको कार्यकारी निर्देशकको जिम्मेवारी दक्क्षप्रसाद श्रेष्ठले समालेका थिए । सो बैठकले श्रेष्ठको राजीनामा दिने निर्णयको स्वीकृति गरेपछि बैंकले जैसावाललाई नियुक्त गरेको हो ।
Comment