नेप्सेमा रू रू जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

नेप्सेमा रू रू जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बिहीवार रू रू जलविद्युत परियोजनाको शेयरमूल्य समायोजन गरेको छ । कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर प्रयोजनका लागि नेप्सेले मूल्य समायोजन गरेको हो । कम्पनीको बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ३२७ को आधारमा १० प्रतिशत बोनस शेयरपछिको मूल्य रू. १ हजार २०६ तोकेको हो ।

कम्पनीले आर्थिक वर्ष ०७६।७७ का लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश र आर्थिक वर्ष ०७७।७८ को लागि १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सहित विगत दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण पारित गर्न संयुक्त वार्षिक साधारण सभा असोज १६ गते बोलाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ६ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य भएका हुन ।

प्रकाशित : ७ आश्विन २०७८, बिहीबार ११:११