नबिल बैंकको आकर्षक दशैँ अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नबिल बैंकको आकर्षक दशैँ अफर



काठमाडौँ । नबिल बैंकले यस वर्ष पनि दशैँ अफरको घोषणा गरेको छ ।

नेपालीहरुको महान चाड दशैँको अवसरमा, नबिल बैंकले असोज १ गतेदेखि व्यक्तिगत मुद्दती खातामा आकर्षक योजना शुरू गरेको छ ।

यस योजनाअन्तर्गत १ वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती खातामा ग्राहकहरुलाई बार्षिक ९.२६ प्रतिशत ब्याजदर (०.५ प्रतिशत प्रिमियम थपसहित) प्रदान गरिनेछ ।

नेपालीहरूको मिहिनेतले कमाएको रकम राखिने व्यक्तिगत मुद्दती खाताहरूमा उच्च ब्याज दर आर्जन प्रदान गर्ने यस बैंकको उद्येश्य रहेको जनाएको छ ।

आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८५ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जालमार्फत निरन्तर गुणस्तरिय सेवा प्रवाह गरिसकेको छ ।

एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मुल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागि लक्षित छ ।

प्रकाशित : ३१ भाद्र २०७८, बिहीबार १८:०६