गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३% सम्म छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकका ग्राहकलाई ‘आगन्तुक रिर्सोट’मा २३% सम्म छुट



काठमाडौं । पर्यटकिय गन्तव्य बनेपामा रहेको ‘आगन्तुक रिर्सोट’सँग गरिमा विकास बैंकले विभिन्न सेवा सुविधामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ ।

बैंकले जारी गरेको विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले रिर्सोटको रुममा २३% र फुड एण्ड वेभरेजमा १४% छुट पाउनसकिने छ ।


साथै, ‘द एभरेष्ट होटल’सँग पनि गरिमा विकास बैंकले पुरानो सम्झौतालाई परिमार्जित गर्दै होटलको रुम, फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५% छुट सम्बन्धि सम्झौता गरेको छ ।

प्रकाशित : ३० भाद्र २०७८, बुधबार १६:३७