विवाह पश्चात यस कारणा मोटाउँछन् पुरुष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

विवाह पश्चात यस कारणा मोटाउँछन् पुरुष



marriage-myth-1विवाह पश्चात पुरुषहरुको तौल तीव्र बढ्न थाल्छ। फेमेली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित यो रिसर्च झै अन्य रिसर्च पनि भन्छन् विवाहको ५ वर्ष भित्र करिब ८२ प्रतिशत जोडीको वजन ५ देखि १० किलोसम्म बढ्ने गर्छ। अनुभवी भन्छन्, यसको लागि विवाह पश्चात बदलिने हाम्रो लाइफस्टाइल र शारिरीक परिवर्तन मुख्य जिम्मेदार हुन्छ।

हर्मोनल परिवर्तन
विवाह पश्चात बदलिएको जिन्दगी र लाइफस्टाइलको कारण शरिरमा कयौं हर्मोनल परिवर्तन आउँछ। जुन शरिरको तौल बढाउनको लागि जिम्मेदार हुन्छ।

निन्द्रा पुरा नहुनु
विवाह पश्चातको व्यस्त कामकाजको कारण रातमा निन्द्रा पुरा नहुन सक्छ। अध्ययन भन्छ कि दैनिक ७-८ घण्टाको भरपुर निन्द्रा पुरा नहुँदा शरिरमा मेटाबोलिजम कम हुन्छ, जसको कारण तौल बढ्न जान्छ।

तनाव
विवाह पश्चात आएको परिवर्तनको कारण जोडी तनावको सामना गर्ने गर्छन। यस्तोमा शरिरमा भोक बढाउने हर्मोनको लेभल बढ्छ, अनि तौल बढ्न जान्छ।

सोचमा बदलाव
मानिस विवाह अघि राम्रो देखिन आफ्नो डाइट देखि फिटनेसको पुरा ख्याल राख्छन्। तर विवाह पश्चात लाइफस्टाइल परिवर्तन हुँदा यी चीट छुट्छन् अनि तौल बढ्न कारण बन्छ।

समय तालिका परिवर्तन
एक्लो हुँदा खाना पिनाको समय तालिका नमिल्ने, अल्छि हुने अनि समयमा नखाने गर्छन् पुरुष। विवाह पश्चात श्रीमतीको हातको खाना खाने अवसर अधिकांस पुरुषले पाउने गर्छन्। फलस्वरुप मोटाउने गर्छन्।

उमेरको असर
आजकाल अधिकांस मानिस २८-३० को उमेरमा विवाह गर्न रुचाउँछन्। अध्ययन भन्छ कि ३० वर्षको उमेर पश्चात हाम्रो शरिरको मेटाबोलिक रेट कम हुन्छ, अनि तौल बढ्ने गर्छ।   नेपाली हेडलाइनबाट

प्रकाशित : 31 July, 2016 3:16 am