अब ३६५ दिनपछि शेयर बिक्रि गरे के हुन्छ ? यस्तो छ कानुनी ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

अब ३६५ दिनपछि शेयर बिक्रि गरे के हुन्छ ? यस्तो छ कानुनी ब्यवस्था



काठमाडांै । शेयर बजारमा पछिल्लो समय देखिएको पुंजीगत लाभकरको समस्या हल भएको छ । अब आफुले शेयर खरिद गरेको ३६५ दिन वा सो भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ भने ३६५ दिनपछि शेयर बिक्रि गरेमा ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने छ ।

गत साउन १ गतेदेखि आफुले शेयर खरिद गरेको ३६५ दिन भन्दा अगावै बिक्रि गरेमा ७.५ प्रतिशत पुंजीगत लाभकर लाग्ने र ३६५ दिनपछि शेयर बिक्रि गरेमा भने हाल कायम अनुसार कै ५ प्रतिशत पुंजीगत लाभकर लाग्ने ब्यबस्था थियो ।

तर ३६५ औ दिनमा भने के हुने प्रष्ट थिएन । ३६५ औ दिनमा के हुने भन्ने कानुनी रुपमा प्रष्ट नभएकोले ३६५ औ दिनलाई पनि सर्ट टर्म मानेर कारोबारी सरह कर लगाउन आन्तरिक राजश्व विभागले भनेको थियो ।

तर त्यसको कानुनी आधार भने थिएन । मन्त्री शर्माले आर्थिक विधयेक प्रस्तुत गर्दै यसबारेको अन्योल समाधान भएको हो ।

सरकारले आर्थिक वर्ष ७८/७९ को बजेट बक्तब्य मार्फत शेयरबजारमा लगानीकर्ता र कारोबारी छुट्याउन फरक फरक लाभकरको दर प्रयोग हुने ब्यबस्था गरेको थियो । यो हाल परिवर्तन भएको व्यवस्था गत शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको आर्थिक विधयेक छ ।

प्रकाशित : २७ भाद्र २०७८, आईतवार १०:२२