पुँजी बजारलाई माथि उठाउन मैले भूमिका खेलेको छैनः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पुँजी बजारलाई माथि उठाउन मैले भूमिका खेलेको छैनः अर्थमन्त्री



अर्थमन्त्री जनार्दन शर्माले शेयर धितो कर्जाको सीमा हटाउन आफूले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेको खुलासा गरेका छन् । गत सोमबार अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई फोन गरेर शेयर धितो कर्जाको सीमा खुकुलो बनाउन आग्रह गरेको समाचार आएको थियो ।

आज शुक्रबार साँसद प्रेम सुवालले उक्त विषयमा प्रश्न उठाएपछि अर्थमन्त्री शर्माले आफूले त्यस्तो कुनै फोन नगरेको र दबाब नदिएको बताए । संसदमा उठेको प्रश्नको जवाफ दिँदै उनले पुँजी बजारलाई माथि उठाउन आफूले कुनै भूमिका नखेलेको बताएका हुन् ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अर्थमन्त्रीले गभर्नरलाई फोन गरेर शेयर बजार उचाल्न लगाएको विषयमा उनीसँग जवाफ मागेका थिए । सुवालको प्रश्न थियो, ‘केही दिन अघि ३७ लाख शेयर कारोबारीमध्ये जम्मा एक सय जनाले मात्र फाइदा उडाउँदा रहेछन् भन्ने अनि उनीहरूकै हित हुने गरी गभर्नरलाई फोन गरेर शेयर मूल्य बढाउ लगाउने काम कसको हितका लागि गरेको हो ?’

उनले अगाडी थपेका थिए, ‘अर्थमन्त्री ज्यू के तपाइको फोनले शेयरकोमूल्य बढ्छ ? कसको स्वार्थका लागि अर्थमन्त्रीले गभर्नरलाई फोन गर्नु भएको हो ?’

सुवाललाई जवाफ दिँदै अर्थमन्त्रीले भने, ‘गभर्नरलाई फोन गरेर शेयर बजार बढाउन मैले भूमिका खेलेको भन्ने कुरा समाचारमा आए पनि त्यो सत्य नभएको स्पष्ट पार्न चाहन्छु ।’

प्रकाशित : २५ भाद्र २०७८, शुक्रबार १५:३३