गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा ३५% सम्मको छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकका ग्राहकलाई ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’मा ३५% सम्मको छुट



आन्तरिक पर्यटनलार्ई प्रोत्साहन तथा प्रर्बद्धन गर्नुको साथै आफ्ना ग्राहकहरुलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले नेपालको एक प्रख्यात चेन होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’सँग डिलक्स रुममा ३५% छुट, फुड एण्ड वेभरेजमा १५% छुट साथै अन्य सेवा सुविधाहरुमा आर्कषित छुटको लागि सम्झौता गरेको छ ।

सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्नुहुने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्नुहुने बैंकद्धारा जारी विज्ञप्तिमा जनार्ईएको छ ।
हाल गरिमा विकास बैंकले १०६ शाखा कार्यालयहरु र ५१ ए.टि.एम.बाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित : २२ भाद्र २०७८, मंगलवार २०:३८