माछापुच्छ्रे बैंकको एकैपटक ७ शाखारहित सेवा सुरु, शाखारहित सेवा देशका १७२ स्थानमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

माछापुच्छ्रे बैंकको एकैपटक ७ शाखारहित सेवा सुरु, शाखारहित सेवा देशका १७२ स्थानमा



काठमाडौं। माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखाको पालुङ्गटार नगरपालिका ६, काठमाडौंको कीर्तिपुर नगरपालीका मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवनको रत्ननगर नगरपालिका ५, जुवाली तथा रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहाको सुखिपुर नगरपालिका २ छजनाचोकमा गरी ७ स्थानमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।


बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवा १ सय ७२ पुगेको छ ।

ग्राहक सेवा केन्द्रका रुपमा संचालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने बैंकले जनाएको छ।

बैंकले देशभर १ सय ६२ वटा शाखाहरु लगायत १ सय ७२ शाखारहित बैंकिङ सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३ सय ३९ स्थानबाट बैंकिङ सेवा दिँदै आएको जानकारी दिएको छ।

बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा छन् ।

प्रकाशित : २० भाद्र २०७८, आईतवार २१:२२