फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा



काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्सले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिवार सम्पन्न संचालक समिति आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायाम चुक्ता पुंजीको १० प्रतिशतले हुन आउने ८ करोड ७६ लाख ८१ हजार २ सय रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । त्यस्तै कम्पनीले कर प्रयोजनको लागि ०.५३ प्रतिशतले हुन आउने ४६ लाख १४ हजार ८ सय रुपैयाँ नगद लाभांश बितरणको प्रस्ताव गरेको छ । कम्पनीले कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति प्रदान गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँ रहेको छ ।

प्रकाशित : २० भाद्र २०७८, आईतवार १२:२४