सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९६ औं शाखा चितवनको भरतपुरस्थित हाकिम चोकमा संचालनमा ल्याएको छ । बैंकले बिहीबार उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।

प्रकाशित : १८ भाद्र २०७८, शुक्रबार ०८:२०