नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेप्सेमा ३ कम्पनीकाे सेयर सूचिकृत



काठमाडाैँ । बुधबार नेपाल स्टक एक्सचेञ्जमा विभिन्न ३ कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । समृद्धि फाइनान्सकाे हकप्रद सेयर तथा स्वावलम्बन लघुवित्त र नागरिक लगानी काेषकाे बाेनस नेप्सेमा सूचिकृत भएकाे हाे ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड १९.००५६ प्रतिशत बाेनस बापतकाे १५ लाख ६ हजार ६ दशमलव १६ कित्ता सेयर सूचिकृत भएकाे हाे ।

नागरिक लगानी काेषकाे ९ प्रतिशत बाेनस बापतकाे २७ लाख कित्ता सेयर सूचिकृत भएको हाे ।

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले १४ लाख २० हजार ७ सय १८ कित्ता हकप्रद सेयर सूचिकृत भएकाे हाे ।

फाइनान्सले लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे अवितरित हकप्रद सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित : 1 September, 2021 5:34 pm