एनएमबि बैंकद्वारा ऊर्जा कोषसँग सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकद्वारा ऊर्जा कोषसँग सम्झौता



काठमाडौं । एनएमबि बैंक लिमिटेडले दोस्रो कार्यकालको लागि ह्याण्डलिङ्ग बैंकको विशिष्ठिकृत सेवा प्रदान गर्नको लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, केन्द्रीय नवीकरणीय ऊर्जा कोषसंग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

बैंकले जनवरी २०१८ देखि केन्द्रीय नवीकरणीय ऊर्जा कोषको लागि ह्यान्डलिंग बैंकको भूमिकामा कार्य गर्दै आइरहेकोे छ ।

केन्द्रले एनएमबि बैंकलाई सार्वजनिक खरिद ऐन एवं सार्वजनिक खरीद र नियमावलीले निर्धारित योग्यता र मापदण्ड अनुसार एक पारदर्शी एवं प्रतिस्पर्धी बोलकबोल प्रक्रियाको माध्यमबाट ह्यान्डलिंग बैंक चयन गरेको छ ।

केन्द्रले ‘क’ वर्गको इजाजतप्राप्त बैंक तथा वित्तिय संस्थाहरूलाई बोलकबोल प्रतिस्पर्धाको लागि आव्हान गरेको थियो ।

एनएमबिले दीगो बैंकिङ्ग अन्तर्गत रहि देशमा वास्तविक अर्थतन्त्रको प्रवद्र्धनको लागी साना तथा मझौला, कृषि, पूर्वाधार र ऊर्जा क्षेत्रलाई आफ्नो लगानीको प्राथमिकतामा राखि कार्य गर्दै आएको छ ।

बैंकले स्वच्छ ऊर्जाको प्रवद्र्धन र नेपालको ऊर्जा पूर्वाधार र आपूर्ति प्रणालीलाई अझ दीगो तरीकाले रूपान्तरण गर्ने, स्वच्छ र नवीकरणीय ऊर्जाका स्रोतहरुको उपयोग गर्ने र भारतबाट बिजुली र जीवषेश इन्धन आयातमा रहेको ठूलो परनिर्भरता घटाउने सरकारको पहललाई समर्थन गरिरहेको छ ।

प्रकाशित : १२ भाद्र २०७८, शनिबार १३:५०