एभरेष्ट बैंकको १०५ औं शाखा बुढानिलकण्ठमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एभरेष्ट बैंकको १०५ औं शाखा बुढानिलकण्ठमा



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको बुढानिलकण्ठमा आफ्नो १०५ औं शाखा उद्घाटन गरेको छ । बिहिबार एक कार्यक्रममा एभरेष्ट बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमार र बुढानिलकण्ठ नगरपालिका का, वडा न.३ का वडाध्यक्ष बाल कृष्ण श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उक्त उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य दिपक काजी तुलाधर, एभरेष्ट बैंक बाग्मती प्रदेशका प्रादेशिक–प्रबन्धक सन्तोष भट्टराई, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

यसै उद्घाटन समारोहमाका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत डा. सन्धिर कुमारले बुढानिलकण्ठको बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका व्यक्त गरेको छ ।

स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करीब १२ लाख सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०५ शाखा संजाल, प्रादेशिक कार्यालय, १३७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : ११ भाद्र २०७८, शुक्रबार १०:२८