गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता गर्दै



काठमाडौं । नेपाली नारीहरुको महान चाड हरितालिका तीज नजिकिदै छ । सोहि अवसर पारेर गरिमा विकास बैंकले सम्पुर्ण नेपाली दिदीबहिनीहरुको लागि ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न भएको हो ।

यस टिकटक प्रतियोगितामा नेपाल भित्र रहेका सबै नेपाली दिदीबहिनीहरुले भाग लिन सक्नेछन् । यस प्रतियोगितामा प्रतियोगीहरुले भिडियो बनाउनु हुँदा तीजको मर्मलाई ख्यालमा राखी यस पर्वलाई सकारात्मक तरिकाले व्याख्या गर्ने कुनै पनि गित अथवा कन्सेप्टमा टिकटक भिडियो बनाउनुपर्ने छ ।

यस पर्वको मर्म विपरीत बनेको वा उछृङ्खल तवरले बनेका भिडियोहरुलाई विजेताको रुपमा छनोट गरिने छैन । यस प्रतियोगिताको विजेताले ९ हजार उप–विजेताले ६ हजार र तेस्रो हुनेले ३ हजार जित्ने मौका रहेको छ ।

एउटा अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोले २ हजार जित्नेछन् । विजेताको घोषणा भिडियोमा आउने लाईकको आधारमा हुनेछ भने बेस्ट कन्सेप्ट भने अत्याधिक राम्रो कन्सेप्टमा बनेको भिडियोको आधारमा हुनेछ ।

बैंकले यस टिकटक प्रतियोगिताको विस्तृत जानकारीहरु साथै शर्तहरुलाई हाम्रो फेसबुक र बेबसाईटमा राखेको छ । ईच्छुक महिला टिकटकरहरुले भदौ १० गते देखि २४ गतेसम्म टिकटक भिडियोको क्यापसनमा #GarimaTeejkolahar र #Garimabikasbank ह्यासट्याग प्रयोग गरि टिकटक भिडियो बनाउन सक्नेछन् ।

प्रकाशित : १० भाद्र २०७८, बिहीबार १८:१२