नेप्सेमा ६० लाख कित्ता सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

नेप्सेमा ६० लाख कित्ता सेयर सूचिकृत

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाै । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा सूर्योदय लघुवित्त वित्तीय संस्था र अपि पावर कम्पनीको ६० लाख कित्ता सेयर सूचिकृत भएको हो । जसमा सूर्योदय लघुवित्तको बनस सेयर र अपि पावरको हकप्रद सेयर रहेका छन् ।

नेप्सेमा सूर्योदय लघुवित्तको ३ लाख ३० हजार कित्ता बोनस सेयर सूचिकृत भएको छ । संस्थाको १५.३५ प्रतिशत बोनस वापतको सेयर नेप्सेमा सूचिकृत भएको हो ।

सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६/७७ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १५.३४५७७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८०७६७ प्रतिशत नगद गरि कुल १६.१५३४४५७ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । कम्पनीको २९.३८ प्रतिशत हकप्रद वापतको उक्त सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ ।

अपि पावर कम्पनी लिमिटेडले जेठ २० गतेदेखि असार १३ गते, आइतबारसम्म १ बराबर ०:२९३८ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियाे । साेही हकप्रद नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित : १० भदौ २०७८, बिहिबार १५:०६ 26 August, 2021 3:06 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।